काठमाण्डौ। काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा एकजना यात्री मृत भेटिएका छन् । मृत फेला पर्ने व्यक्ति भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् ।
काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा ढल्केबर पुग्दा यादव मृत फेला परेका हुन् । चेकजाँचका क्रममा ढल्केबरमा सिटमै यादव मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। बस नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
