Comments Add Comment

संघीय लोकतान्त्रिक मोर्चाद्वारा गृहमन्त्री लेखकमाथि छानबिनको माग

काठमाण्डौं। सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित राजकिशोर यादव र रामकुमार शर्मा, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर तथा ज्ञानेन्द्र झा र मुकेश झा, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीका अध्यष राजेन्द्र महतो, नेताहरू केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी र डा शिवजी यादव तथा तमलोपाबाट वृषेश चन्द्र लाल सहभागी थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ