काठमाडौं । प्रगतिशील लेखक संघ ललितपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनले होम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जाउलाखेलस्थित सगरमाथा स्कुलमा आयोजित संघको पाँचौँ जिल्ला सम्मेलनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजाराम राउत, सचिवमा मिसन अधिकारी र सदस्यमा नानीमैयाँ अधिकारी, नरेन्द्र बडू र बन्जाडे चयन भएका छन् ।
प्रगतिशील लेखक संघ नेपालका केद्रीय अध्यक्ष डा मधुसुदन गिरीको प्रमूख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बाँकी पदाधिकारी एवम् सदस्य कार्यसमितिले आगामी दिनमा चयन गर्ने छ ।
