Comments Add Comment

बुबा र छिमेकी वृद्धको हत्या गर्ने हेमराज पक्राउ

काठमाण्डौं। आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका २ अवरैया बस्ने २७ वर्षीय हेमराज थारुलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले शुक्रबार राती हत्या गरेको जनाएको छ ।

हेमराजले कोदालो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । आरोपीलाई थप अनुसन्धान सुरु गरेको जनाएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ