Comments Add Comment

अहिलेसम्मकै ठूलो र शक्तिशाली अन्तरिक्ष यान दुर्घटनाग्रस्त

काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेट दुर्घटनाग्रस्त भएको छ । दुर्घटना पछि स्पेसएक्सको पछिल्लो परीक्षण उडान पुनः असफल भएको हो।

अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट (अन्तरिक्ष यान) स्पेसएक्सलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ ।

बीबीसीका अनुसार स्टारशिपको यो परिक्षण नवौं परीक्षण उडान थियो । मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको बताईएको छ । तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको थियो ।

स्पेसएक्सको अनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ