Comments Add Comment

रुसले २५० ड्रोन, हान्यो १४ मिसाइल, १३ जनाको मृत्यु

काठमाण्डौ । रुसले युक्रेनमा हवाई आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनको धेरै स्थानमा हवाई आक्रमण गरेको उनीहरूले बताएका हुन् ।

हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन्।

युक्रेनको वायुसेनाले रुसले देशको राजधानी किभमा २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

आक्रमणका कारण धेरैवटा आवासीय भवनमा आगलागी भएको समेत बताइएको छ। 

रुसको हवाई आक्रमणमा परी राजधानी किभमा मात्र १४ जना घाइते भएको युक्रेनी वायु सेनाले बताएको छ। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यस्ता हरेक आक्रमणबाट विश्व अझ प्रस्ट हुँदै छ- युद्ध लम्ब्याउने काम मस्को (रुस)ले गरिरहेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ