काठमाडौं । क्लोजअपले ‘भ्वाइस अफ नेपाल सिजन ६ का विजेता’ प्रोशेष पाण्डेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ । युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले पुरस्कार प्रदान गरेका हुन् । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धीमा रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य थिए । क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । “क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल सिजन जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजअपका प्रतिनिधिले युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले बताए ।
