Comments Add Comment

कांग्रेस एमाले गठबन्धन नटुट्ने निष्कर्षमा देउवा, माओवादीसँग सहकार्य नहुने!

काठमाण्डौंं। नेपाली कांग्रेसले अहिलेको नै माओवादीसँग गठबन्धन बन्ने संकेत नदेखिएको दाबी गरेको छ। पछिल्लो समय माओवादी केन्द्रसँग सम्बन्ध सुध्रिएको अनुमान गरेका बेला कांग्रेसले यस्तो बताएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवासँग शुक्रबार मात्रै पनि फोनसम्पर्क भएको थियो। प्रतिपक्षमा खुम्चिएको माओवादीबाट बारम्बार कांग्रेससँग सहकार्य हुने आशयका अभिव्यक्ति आइरहेका छन्। यो बेला सत्ता सहयात्री दल एमालेमाथि पनि संकोच नहुने गरी यस्तो अभिव्यक्ति एमालेले दिएको हो। प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे। उनले अब चाँडै नै गभर्नर नियुक्ति हुने पनि स्पष्ट पारे। कांग्रेस सांसद प्रकाशशरण महतले पनि डडेलधुराबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए।

यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै उनले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र जिकिर गरे । महतले प्रचण्ड र सभापतिबिचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे ।

महतले ठुला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरूको रहेको बताए । कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए । नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैली प्रति भने असन्तुष्टि जनाएका छन् ।

बैठकमा कांग्रेस सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् । साथै उनीहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति विनाकारण अड्काएर राखेको समेत बताएका थिए । बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

आजको बैठकमा बजेटलगायतका विविध विषयमा छलफल गरिएको थियो । प्रमुख सचेतक घिमिरेका अनुसार सांसदहरूले बजेटको विषयमा भएको छलफलमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनले भने, ‘सांसदहरूले बजेट वितरणको कुरा, सबैलाई समान ढंगले वितरण गर्नुपर्ने कुरा तथा सन्तुलित विकास हुनुपर्ने कुरा राखेका थिए । संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । बैठकले चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गर्नुका साथै दुई वटा शोक प्रस्ताव पारित गरेको घिमिरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ