Comments Add Comment

पद्मकन्या क्याम्पसका विद्यार्थीद्वारा प्रिसा मृत्युप्रकरणका दोषीलाई कारवाहीको माग

काठमाडौँ । वीरगञ्जकी प्रिसा शाहको मृत्यु प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीहरू प्रदर्शन गरेका छन् । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्याका विद्यार्थी प्रदर्शनमा उत्रेका हुन् । पद्मकन्याका विद्यार्थीहरुले शुक्रबार विहानै स्ववियुको नेतृत्वमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले कालो मास्क लगाएर घटनाको विरोध गरेका थिए । उनीहरूले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, “वी वान्ट जस्टिस” लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए वीरगन्ज निवासी प्रिसा शाह बिहीबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्सालको समेत रह्श्यमय मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ