Comments Add Comment

शारदा प्रधानले बनाईन् भाइको सम्झनामा 'हाम्रो सम्वन्ध' टेलिशृंखला

काठमाडौँ । टेलिशृङ्खला हाम्रो सम्बन्ध निर्माण भएको छ । दक्षिणकाली इन्टरटेमेन्टको प्रस्तुति, शारदा प्रधान 'कोरेल' को निर्माणमा बनेको टेलिशृङ्खलाको निर्देशन निर्देशक प्रेम शर्मा पौडेलले गरेका हुन् ।

सम्पादन शर्माकै रहेको यस शृङ्खलाका प्रारम्भिक केही भागहरू संयुक्त स्थापितले निर्देशन गरेका थिए भने पछिल्लो भागहरू प्रेम शर्मा पौडेलले निर्देशन गरेका हुन् । टेलिशृङ्खलाको पटकथा, संवाद मालिक शाही 'ज्याक्सन' ले लेखेका हुन ।
हाल छायांकन भएर सम्पादनमा  गएको 'हाम्रो सम्बन्ध' वैशाखको पहिलो साता सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।

कलाकारको भुमिका रहेकोे टेलिशृंखला शारदा प्रधान 'कोरेल'ले कान्छाको दिदिको भुमिकामा  अभिनय गरेकी छन्  । यस्तै चाहाना श्रेष्ठले चाहानाको  रोलमा, मालिक शाही 'ज्याक्सन 'ले कान्छाको रोलमा , सुमित्रा श्रेष्ठले भुमाको रोलमा , दिपेश बम्जनले बम्जनको रोलमा , ईश्वरी ठकुरीले सौतेनी आमाको रोलमा, शोभा सेढाई मगरले तिहुरीको रोलमा, अनिल सापकोटाले जंगेको रोलमा, वृन्दा जैरूले संगीताको रोलमा, संगीत केसीले भिमेको रोलमा अभिनय गरेका छन् ।

यसरी नै नव कलाकार बिनु लामा र सुमन लामाले पनि  यस टेलिशृङ्खला अभिनय गरेका छन् । बालकलाकार साजन लामा थिङको समेत अभिनय 'हाम्रो सम्बन्ध' टेलिशृङ्खलामा देख्न सकिन्छ ।
निर्मात्री शारदा प्रधान 'कोरेल'ले टेलिशृङ्खला आफ्नो स्वर्गीय भाइ दिलिप प्रधानको सम्झनामा निर्माण गरेकी हुन । यस टेलिशृङ्खला विजय बज्राचार्यले छायांकन गरेका हुन् । यस टेलिशृङ्खला काठमाडौंको गागलफेदीमा खिचिएको हो   ।
टेलिशृङ्खलाको शीर्षगीतमा जय देवकोटाको शब्द, संगीत र गायन रहेको छ भने गायिका कविताकुमारी श्रेष्ठको पनि स्वर सुन्न सकिन्छ । सामाजिक कथामा बनेको यस शृङ्खलामा पारिवारिक जीवनको अनेकौं पाटाहरूलाई देखाउन खोजिएको छ । यसले सम्बन्धहरूमा आइरहेका उतारचढावलाई मुख्य कथाबस्तुको रूपमा प्रस्तुत गरेको छ । 
निर्मात्री शारदा प्रधान 'कोरेली' भन्छिन् - 'मैले हाम्रो सम्बन्ध टेलिशृङ्खला स्वर्गीय भाइ दिलिप प्रधानको सम्झनामा निर्माण गरेको हुँ । यस शृङ्खलामा हाम्रो टिमले  पारिवारिक / सामाजिक अनमेल सम्वन्धलाई देखाउने प्रयास गरेको छ । आशा छ दर्शकहरुले मन पराउनु हुनेछ  ।´

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ