काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले राजनीतिक नेतृत्वले जनतालाई तिलस्मी सपना मात्र बाँडेको तर सपना पूरा गर्ने काम नगरेका कारण आजको अवस्था आएको बताएकी छन् ।
गणतन्त्रमाथि प्रश्न उठिरहेका बेला नेत्री झाँक्रीले गणतन्त्रमाथि नै प्रश्न उठाउने वेला नभएको बताउँदै उनले काम नगरेर तिलस्मी सपना बाँडेर मात्रै बस्दा यस्तो अवस्था आएको प्रष्ट गरेकी छिन्।
ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले गणतन्त्रको अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन्। उनले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइ एउटै नभएको पनि बताइन्। यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने नेतृत्व वर्गदेखि नागरिकसम्ममा जिम्मेवारीबोध कम गरेको महसुस भएको उनले बताइन्।
झाँक्रीले भनिन्, ‘गणतन्त्रको अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ। गणतन्त्रमा प्रश्न उठ्ने समय भएको थिएन। तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइ एउटै थिएनन्। गणतन्त्रलाई यस्तो विवादित बनाइयो। तिलस्मी सपना बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ ।’
नेत्री झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने पनि स्पष्ट पारिन्। उनले भनिन्, 'सपना पूरा गर्न हरेक व्यक्ति सपनाप्रति प्रतिवद्ध हुन आवश्यक छ।'
