Comments Add Comment

विपक्षीले मागे गृहमन्त्रीको राजीनामा, नारावाजीपछि संसद् बैठक स्थगित

काठमाण्डौं ।  विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरिरहेका छन् । उनीहरूले निरन्तर अवरोध गरेपछि आधा घण्टाका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।  

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ