Comments Add Comment

हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढीपहिरोबाट विस्थापितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार ९जेठ ५० गृह मन्त्रालयमा बसेको बैठकमा उनले विस्थापितलाई तत्काल त्रिपाल, खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले विस्थापितका निम्ति तत्काल हेलिकोप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए । तत्काल विस्थापितको खानेबस्ने व्यवस्था र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न उनले निर्देशन दिए।

राहत एवं स्थलगत अध्ययननिम्ति कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न समेत उनले मातहतका निकायलाई निर्देशन दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६, तिलगाउँमा एक्कासि आएको लेदोसहितको बाढीले स्थानीय विस्थापित भएका छन । त्यहाँ करिब ३२ जना विस्थापित भएका छन् ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ