Comments Add Comment

प्रगतिशील लेखक संघ, बागमती प्रदेशमा शान्ति प्रियवन्दना

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशको अध्यक्षमा शान्ति प्रियवन्दना चयन भएकी छन् । काठमाडौमा सम्पन्न संघको तेस्रो सम्मेलनले उनलाई अध्यक्षमा चयन गरेको हो ।

मङ्गलबार मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीको सभाकक्षमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले २५ सदस्यीय प्रगतिशील लेखक संघ, नेपालको बागमती प्रदेश समिति निर्माण गरेको छ ।

डा. हरिप्रसाद सिलवालको अध्यक्षता तथा भीष्म जोशीको सञ्चालन रहेको सम्मेलनमा अतिथि एवम् सहभागी सम्पूर्ण जनसमुदायलाई डी.बी. बर्तौलाले स्वागत गरेका थिए ।

प्रमुख अतिथि प्रलेसका अध्यक्ष डा मधुसूदन गिरीले ब्यानर पढेर उद्घाटन गर्नुभएको सम्मेलनलाई प्राडा जीवेन्द्रदेव गिरी, डा. पुष्करराज भट्ट, ईश्वरचन्द्र ज्ञवाली एवम् पूर्वमन्त्री शान्ता मानवीले शुभकामना दिएका थिए ।

प्रलेस उपाध्यक्ष समीर सिंह, नमुना शर्मा, महासचिव डा. देवी दुलाल क्षेत्री, बागमती प्रदेश इन्चार्ज बाबा बस्नेत र सहइन्चार्ज कृष्ण सुवेदीको आतिथ्य रहेको कार्यक्रममा निवर्तमान समितिको तर्फबाट डा. सिलवालले आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शान्ति प्रियवन्दनाको अध्यक्षतामा निर्मित कार्यसमिति उपाध्यक्षमा भीष्म जोशी, धनकुमारी न्यौपाने, सचिवमा डी.बी. बर्तौला, सहसचिवमा धनबहादुर मगर र कोषाध्यक्षमा चिरञ्जीवी लामिछाने छन् ।

त्यस्तै, भवानी पाण्डे, किरण अर्याल, अर्पण अधिकारी, रघुनाथ कडरिया, भक्त विक, लक्ष्मण तिमिल्सेना, सुरेश हाचेकाली, रूपा अर्याल, टहल दाहाल, प्रदीप प्रधान र रत्न उप्रेती, राजाराम राउत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ