Comments Add Comment

शान्तिको सन्देशको ७४ औं शृंखलामा रामचन्द्रदेखि देविकासम्म !

काठमाण्डौ । शान्तिको सन्देशको ७४ औं शृंखला सम्पन्न भएको छ । शान्तिनगर उपभोक्ता समिति अध्यक्ष बुद्धि गम्भीर थापाको अध्यक्षता र स्रस्टा समाजका महासचिव साहित्यकार देविका तिमल्सिनाको प्रमुख आतिथ्यतामा शान्तिको सन्देशको नयाँ शृंखला सम्पन्न भएको हो ।

रमेश तुफान, डा कृष्ण सुवेदी (भारद्वाज मित्र), मधुसुदन पाण्डेय, त्रिलोचन आचार्य आदिको आतिथ्यतामा शनिबार बिहान कार्यक्रम भएको हो ।

कार्यक्रममा कवि रामचन्द्र दहाल, ओमप्रसाद कोइराला, प्रकाश कुईंकेल, महेश्वर खनाल, रामकुमार पण्डित, निमबहादुर ओली, त्रिलोचन आचार्य, डा कृष्ण सुवेदी (भारद्वाज मित्र), मधुसुदन पाण्डेय, रमेश तुफान, मिसन अधिकारी, देविका तिमल्सिना लगायतले आ-आफ्ना कविता वाचन गरे ।

शुकदेव उपाध्यायले शायर जावेद अख्तरको गजल पस्किएका थिए भने कार्यक्रम सञ्चालकको भूमिकामा रहेका शान्तिनगर उपभोक्ता समिति, पुस्तकालय सञ्चालन समिति सदस्य शिवराम घिमिरेले- 

न फूलमा देखिन्छु, न पातमा देखिन्छु

म जून हुँ, जुनेली रातमा देखिन्छु 

गजल सुनाए । दिवाकर न्यौपाने एवम् मधुसुदन पाण्डेले क्रमश: 'घोडेजात्रा' र 'ब्याय फ्रेण्ड' शिर्षकका कथा सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देविका तिमिल्सिनाले वाचित सिर्जनामाथि संक्षिंप्त टिप्पणी गर्दै आफ्ना दुई कविता पस्किए ।

कार्यक्रमका सभाध्यक्ष शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भीर थापाले ५५० घरधुरी भएको शान्तिनगरबासीको शान्तिको सन्देशप्रति जुन चासो हुनपर्थ्यो, त्यस्तो चासो नभएको भन्दै गुनासो गरे । साहित्यको माध्यमबाट मानिसलाई सकारात्मक उर्जा थप्न आफूहरूले शुरुवात गरेको शान्तिको सन्देशमा शान्तिनगरवासी, नगरका स्कुल एवम् कलेजका छात्राछात्रा एवम् बाहिरबाट आएर बस्नेहरूको कार्यक्रममा सहभागिता अपेक्षाकृत हुन नसकेको उनको गुनासो छ । यहाँका नगरबासीले अरूबाट सिकुन् र साहित्य सिर्जना गरून् भन्ने उद्देश्यसहित कार्यक्रम शुरु गरिएपनि यहाँका स्कुल, कलेजबाट विद्यार्थी सहभागी नभएको एवम् शान्तिनगरबासीले अपेक्षाकृत लाभ लिन नसकेकोमा उनले दु:ख प्रकट गरे । उनले यस्तो अवस्थामा पनि आफूहरू निरास नभएको भन्दै समिति र शान्तिको सन्देशलाई उर्जा थप्दै जान स्रस्टासित अनुरोध गरे ।

उनले भने- 'उपभोक्ता समितिको पुस्तकालय छ, पुस्तकालयमा आफ्नो क्षमता अनुसारको किताब छ तर किताब हेरिदिने पाठक छैनन्, महिनाको अन्तिम शनिबार शान्तिको सन्देश मासिक साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएका छौं, तर यहि नगरबासीको उपस्थितिक छैन।' 

शान्तिको सन्देश हरेक महिनाको अन्तिम शनिबार बिहान उपभोक्ता समितिको धर्मशाला रहेको भवन काठमाण्डौ, महांकाल (भृकुटिचोक जाने) ओरालोमा संचालन हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ