काठमाडौँ । सहसचिव कमल भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक भट्टराईलाई विभागीय प्रमुख बनाई वैदेशिक रोजगार विभाग पठाएका हुन् ।
घुसखोरी र असुलीमा व्यापक आलोचना भएसँगै केही सातामै घर जान लागेका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई महानिर्देशक नियुक्त गरिएको थियो ।
भुसाल वैदेशिक रोजगार विभागमा जान अनिच्छुक देखिएपछि भट्टराईलाई नयाँ महानिर्देशक बनाई पठाइएको हो ।
