मुक्तक
त्यो जिन्दगी एकाएक औँसीको रात हुन सक्छ, याद राख
विश्वास गरेकैबाट तिमीलाई घात हुन सक्छ, याद राख
आज अरूलाई रुवाएँ भनेर खुसी बन्छौ किन तिमी ?
विस्तारै तिमीलाई पनि पीडाको खात हुन सक्छ याद राख ।
मुक्तक
विश्वास र भरोसाको नाता तोड्न सिपालु रहेछौ
अन्तै तिर मायाको फूलबारी गोड्न सिपालु रहेछौ
तिमीले मलाई सम्बन्ध के हो नबुझाएको राम्रो
छँदाछँदैको घर भत्काएर बाटो मोड्न सिपालु रहेछौ ।
मुक्तककार अनिता पाँचथर निवासी हुन् ।
