Comments Add Comment

धेरै दिनपछि सुध्रियो नेप्से

काठमाण्डौं। धेरै दिनपछि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुधार देखिएको छ। आज नेप्से ४।२६ अंकले बढेर २६१४।६७ विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ९.९८ अंक र आइतबार ३.४४ अंकले घटेको थियो । यस्तै, गत साताको सोमबार नेप्से १४।५३ अंक, मंगलबार १५।०८ अंक र बुधबार ८.१४ अंकले घटेको थियो।

आज नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ। नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ