काठमाण्डौं। आइतबार पनि नेप्से परिसूचक घटेको छ। गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नप्से २।७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ। बिहीबार सात अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार आठ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०९ वटा धितोपत्रको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भएको हो।
