Comments Add Comment

यातायात व्यवसायीद्वारा सर्तसहित आन्दोलन फिर्ताको घोषणा

काठमाडौं । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै भएको यातायात व्यवसायीको आन्दोलन स्थगित गरेको व्यवसायीले बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिइएको बताए । 

एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताएका छन् । "गण्डकी प्रदेशको पत्र आयो । सार्वजनिक यातायात सुचारू गरिएको छ," उनले भने ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो । 

गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ