Comments Add Comment

सुनको भाउ फेरि बढ्यो

काठमाण्डौं। बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो। जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो। यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ