Comments Add Comment

लगातार घटेको सुनको भाउ आज बढ्यो, कति पुग्यो?

काठमाण्डौं। सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो। यसअघि लगातार सुनको भाउ घटेको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ। आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ