Comments Add Comment

यी यी स्थानमा पर्छ पानी

काठमाडौँ। नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको छ। मनसुनको प्रवेशसँगै अब देशको पूर्वी क्षेत्रमा मनसुनी वर्षा हुने छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोशी प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ। 

आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ