Comments Add Comment

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु 

रुपन्देही। रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ।

बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिपपरले शनिबार ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ का १७ वर्षीय अमित यादव घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ। 

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ