Comments Add Comment

ओलीको हवाला दिँदै क्षितिजलाई जिताउन किरण पौडेलले गरे फोन

काठमाण्डौं। पोखरामा जारी नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ महाधिवेशनमा दुई प्यानल बनेपछि केन्द्रीय नेताले आफू निकट नेता जिताउन लबिइङ गरिरहेका छन्। एकातिर क्षितिज थेवेको प्यानल खडा छ भने अर्कातिर सुमन पुरीको प्यानलले मनोनयन दर्ता गरेको छ। हालसम्म संघका पूर्वअध्यक्ष समेत रहेका क्षितिजको पक्षमा केही केन्द्रीय नेता लागेको नेताहरू सुनाउँछन्। उनका पक्षमा गण्डकीका नेता एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि खुलेको नेताहरू बताउँछन्।

‘पीएसजी क्षितिजको समर्थनमा लाग्नु भा छ। किनकि, सुमनको प्यानलका एकजनालाई क्षितिजको प्यानलमा फोन गरेर सार्नुभयो।’ ती नेताले बताए। उनीसहित महेश बस्नेतलगायतका नेता क्षितिजको पक्षमा खुलेका छन्। यता सुमन पुरी भने माहोल बनाउने तयारीमा लागेका छन्। उनी जिल्ला स्तरका प्रतिनिधिलाई फोन गरेर मत मागिरहेका छन्।

‘सुमनको खास नेतासँग सम्पर्क छैन। पूर्वउपाध्यक्ष अमित लामा खुलेर लागेका छन्।’ लामा यसअघिका उपाध्यक्ष हुन् भने पार्टी महासचिव शंकर पोखरेलका निकटस्थ हुन्। यही कारण सुमनलाई शंकरको समेत समर्थन रहेको दाबी छ। यता, क्षितिजको माहोल बनाउन भने संघका पूर्वअध्यक्ष किरण पौडेल पनि लागेका छन्। उनी अहिले सर्वसम्मतिबाट अध्यक्ष बनाउनुपर्ने भन्दै लागेको ती नेताले बताए। ‘पौडेलजी अध्यक्ष बनाउन लाग्नुभएछ। उहाँ केपी ओलीकै हवाला दिँदै फोन गर्दैहुनुहुन्छ। जुन गलत छ।’ ती नेताका अनुसार ओलीले सर्वसम्मतिका लागि मात्र क्षितिज रोजका हुन्। तर, पौडेल भने क्षितिज ओलीकै उम्मेदवार भएको दाबी गरिरहेका छन्। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ