Comments Add Comment

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे एवम् पूर्वमन्त्री भुषालको टोली चीनतर्फ, के छ कार्यक्रम !

काठमाण्डौ । मित्रराष्ट्र चीनकाे सान्सी प्रान्तमा आयाेजना भएको गरिबी नियन्त्रण र दिगाे विकास विषयक कार्यक्रममा सहभागिता जनाउन नेपालका सांसदहरूकाे एक प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा राष्ट्रिय सभाका दुई र प्रतिनिधि सभाका दुईसमेत गरी ५ जना सांसदसहितकाे ८ सदस्यीय प्रतिनिधिमण्डल साेमबार त्रिभुवन विमानस्थलबाट साताव्यापी चीन भ्रमणका लागि प्रस्थान गरेकाे हाे । 

चीन सरकारद्वारा आयोजना गरिएको गरिबी निवारण तथा दिगाे विकास र नवाैं सिल्क राेड इन्टरनेशनल एक्स्पाेजिसन कार्यक्रममा सहभागी हुन घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेशकुमार यादव तथा राष्ट्रिय सभा सदस्य एवम् पूर्व कृषि तथा सहकारी मन्त्री बेदुराम भुषाल एवम् सांसद सुमित्रा विसी त्यसतर्फ प्रस्थान गर्नुभएको हाे ।

उहाँहरूलाई त्रिभुवन विमानस्थलकाे विशिष्ट कक्षमा संसद सचिवालयबाट विदाई गरिएको थियाे । भ्रमण दलमा संसद सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका निजि सचिव प्रेमबहादुर सिंह रहेका छन् । 

प्रतिनिधिमण्डलले दुइ वटा कार्यक्रममा सहभागिता जनाउनुका साथै  चिनिया उच्च अधिकारीसँग भेटघाट, त्यस क्षेत्रका ऐतिहासिक र पर्यटकीय स्थलहरू तथा प्राविधिक कलेज र केही उद्योग तथा सिल्क राेड र हाईलस्पिड रेलवे स्टेसनकाे अवलाेकन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डल जेठ ११ गते स्वदेश फर्कने संसद सचिवालयले जानकारी दिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ