Comments Add Comment

एघार एसएसपी डिआइजी बढुवामा सिफारिस, छुटे शारदा !

 

 

नेपाल प्रहरीको रिक्त रहेको एक एआइजी र ११ डिआइजी पदमा बढुवा सिफारिस भएको छ। बढुवा सिफारिस समितिको मंगलबारको बैठकले यस्तो सिफारिस गरेको हो। 

डिआइजीबाट एआइजीमा सिद्धिबिक्रम शाहको नाम सिफारिस भएको छ भने डिआइजीमा सिनियर टोलीबाट मात्र बढुवा सिफारिस भएको छ। बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउजा, विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दासको बढुवा सिफारिस भएको हो।

उनीहरूमध्ये कोइराला र रेग्मीबाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हो। एउटै टोलीका शारदाप्रसाद चौधरी भने बढुवामा छुट्न पुगेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ