Comments Add Comment

नागरिक लगानी कोष र सभापोखरी हाइड्रो बीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच बुधबार सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार सम्पन्न सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोपावरले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ