काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुनकर्जा सेवा शुभारम्भ गरेको छ। शाखा कार्यालयमा आयोजित कार्यक्रममा सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख र शाखा प्रमुखको उपस्थितिमा यो सेवा सुरु गरिएको हो।
बैंकले ग्राहकहरूलाई थप सहज, छिटो छरितो र भरपर्दो सेवा दिने उद्देश्यका साथ सुनकर्जा सेवा प्रारम्भ गरेको जनाएको छ।
भैरहवा शाखाबाट सुरु गरिएको सुनकर्जा सेवामार्फत ग्राहकहरूले न्यूनतम ब्याजदरमा छरितो प्रक्रिया र सहज सुविधासहित सुन कर्जा प्राप्त गर्न सक्ने छन्। बैंकले सदैव ग्राहकको आवश्यकता अनुसार नयाँ वित्तीय सेवा ल्याउने प्रतिबद्धता जनाएको छ।
सुनकर्जा सेवाले विशेषगरी आकस्मिक आर्थिक आवश्यकतामा रहेका ग्राहकलाई राहत दिने बैंकको विश्वास छ। सुरक्षित, भरपर्दो र प्रभावकारी वित्तीय सेवाको विकल्पको रुपमा सुनकर्जा सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
सेवाको सुरुवातसँगै बैंकले भैरहवा क्षेत्रमा रहेको प्रतिस्पर्धी बैंकिङ वातावरणमा आफ्नो उपस्थिति थप मजबुत बनाउन सकिने आसा गरेको छ। साथै, ग्राहक केन्द्रित सेवा विस्तारमा बैंक आर्कषक योजनासहित उपस्थित भएको देखिन्छ।हालै बैंकले “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन पनि परिष्कृत गर्दै सञ्चालनमा ल्याएको छ।
