काठमाण्डौं। साफ यू–१९ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बंगलादेशले खेल्दैछन्।
खेल भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ। सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० र बङ्गलादेशले नेपाललाई२–१ गोलले हराउँदै उपाधि नजिक पुगेका हुनर १९ वर्षमूनीको साफ च्याम्पियनसिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी थिए।
