Comments Add Comment

गृहमन्त्री लेखक दोषी भए जेल जानुपर्छ : रास्वपा

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले कुनै पनि विषयमा दोषी ठहर भए जेल जानुपर्ने व्यवस्था रहेको बताएका छन्। 

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा उनले भने, 'भिजिट भिसाकाण्डमा अर्थमन्त्रीज्यू (खासमा गृहमन्त्री रमेश लेखक)ले निकै शालीन तवरले एउटा कुरा के बोल्नुभयो भने, यो प्रमाणित भयो भने म राजनीति छोड्दिन्छु भनेर । यो प्रमाणित भयो भने त राजनीति छोड्ने होइन, जेल जाने हो । राजनीति छोड्नैपर्छ त्यसपछि । त्यो अप्सनै होइन।'

शनिबार (जेठ १०) साँझ सिंहदरबारमा सञ्चारकर्मीसँग गृहमन्त्री लेखकले जीवनमा कुनै एउटा मात्र आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै ‘राजीनामा’ दिने बताएका थिए । झाले सोही भनाइप्रति टिप्पणी गरेका हुन्।

गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाउने हो? झाले वर्तमान सत्ता गठबन्धनलाई ‘भ्रष्ट र तस्करहरू’को संज्ञा दिए । वर्तमान गठबन्धनले देशलाई कतै पुर्‍याउलाजस्तो नदेखिने पनि उनले बताए। 

'फेरि दोहोर्‍याउन चाहन्छौँ कि यो कतै एकार्कालाई बचाउनका लागि र खुलेको फाइलहरू बन्द गर्नको लागि बनेको गठबन्धन त होइन भनेर हामीले आशंका राखेका थियौँ,' उनले भने, 'र, त्यो अब दाबी गर्न सकिने अवस्थामा पुग्दै छ।'

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ