Comments Add Comment

भिरबाट लडेर एक महिलाको मृत्यु 

काठमाण्डौं। बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भिरबाट लडेर मृत्यु भएको हो। शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्। रासस
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ