Comments Add Comment

पोखराबाट सुर्खेत हिडेको बस तनहुमा दुर्घटना, २५ यात्रु घाइते

कास्की । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेको हो।

अधिकांश यात्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले बताए। घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको म्याग्दे पोलिक्लीनिक अस्पताल थर्पुमा उपचारपछि थप उपचारार्थ पोखरा पठाईएको छ।

दुर्घटनाका घाइतेको नामावली

प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेका घाइतेहरूमा व्यास भादगाउँ बस्ने वर्ष ६७ को प्रेमबहादुर राना, सुर्खेत पञ्चपुरी ७ बस्ने वर्ष २४ को गणेश सहकारी रोल्पाको परिवर्तन २ बस्ने वर्ष २२ को किस्मत घर्ती मगर, सुर्खेत वीरेन्द्रनगर बस्ने वर्ष ३४ को नवीन रेग्मी, दैलेख भगवतीमाई ६ बस्ने वर्ष ३५ कि दिलकुमारी रोकाया, नवलपुर कावसोती १७ बस्ने वर्ष ७६ को युक्तप्रसाद गौडेल, पोखरा ३ बस्ने वर्ष ३९ को कृष्ण बहादुर झ्यारी, सोही ठाउँकी ७ वर्षीया इत्रीशा मगर, सुर्खेत वीरेन्द्रनगरका वर्ष ३१ को लोकेन्द्र बानियाँ, वीरेन्द्रनगर १२ बस्ने वर्ष ३२ कि दुर्गाकुमारी पुन, कैलाली टीकापुर १ बस्ने वर्ष १८ को सन्देश पुनमगर छन्।

यस्तै, गोरखा सहिद लखन ५ बस्ने वर्ष ३८ को एकबहादुर राना, जुम्लाको तीला ३ बस्ने वर्ष २२ को नीराजन रावत, जुम्लाकै चन्द्रनाथ ६ बस्ने वर्ष २२ को मोहन सुनार, दैलेख आठबिस ६ बस्ने वर्ष १९ को गणेश उपाध्याय पनि घाइते छन्।

रत्नहरि अस्पतालमा उपचार भइरहेका घाइतेमा सुर्खेत गुर्भाकोट १३ बस्ने वर्ष ५० को जयबहादुर चन्द, सुखेर्ततकै पञ्चपुरी १ बस्ने वर्ष ५६ को धनबहादुर देउवा, लेखवेशी १ बस्ने वर्ष ३४ को राजकुमार वादी, जुम्ला तिला ६ बस्ने वर्ष २२ को कमल रोकाया, दैलेख दुल्लुु १ बस्ने वर्ष ३३ को महेन्द्रबहादुर खड्का, सोही ठाउँका वर्ष ३५ को डम्मरबहादुर खड्का, डोल्पा मुर्कुचुला बस्ने वर्ष २४ को दलबहादुर बुढा हुन्।

चालक वीरेन्द्रनगर नगरपालिकाका वर्ष २९ का शेरबहादुर वलीको कानमा चोट लागेको छ। सहचालक पोखरा २१ का २६ वर्षीय सञ्जय अधिकारीको दाहिने हातमा चोट छ। चालक र सहचालकसहित वीरेन्द्रनगरका २८ वर्षीय अशोक विकलाई म्याग्देको पोलिक्लीनिकमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ