Comments Add Comment

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

तानसेन ।  यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

उनीसँग चार जना साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार बेपत्ता अन्सारीको खोजी भइरहेको छ ।   साथीहरु भने सकुशल छन् । यहाँ गर्मी सुरु भएसँगै हरेक वर्ष भारतबाट पर्यटक घुम्न आउने गर्दछन् । गर्मी छल्न यहाँ आउने प्राय पौडी खेल्न तिनाउ खोला जाने गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ