Comments Add Comment

प्रधानमन्त्रीले भने -गणतन्त्र दिवसलाई नराखौं औपचारिकतामा सिमित

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सिमित नराख्न सम्वन्धित पक्षलाई अग्रह गरेका छन् । सोमबार सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आव्हान गरेका हुन् ।

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र गणतन्त्र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको हो ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्य-सचिव रहने प्रावधान छ ।

बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसका अवसरमा जेठ १४, १५ र १६ गते तीन दिनसम्म साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु तय गरेको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुने छ ।

सोमबार बसेको बैठकमार्फत् प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका हुन् ।

मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न समेत सम्बन्धितलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ