Comments Add Comment

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि संसदीय दललाई निर्देशन दिएको मनिष कुमार सुमनले जानकारी दिए ।

उनका अनुसार, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भइसकेको छ,’ उनले भने, ‘सोही अनुसार संसदीय दललाई पनि निर्देशन गएको छ ।’ यसअघि पार्टीले वर्तमान सरकार पूर्णतस् असफल रहेको निष्कर्ष निकालेको थियो ।

वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतस् असफल रहेको निष्कर्ष निकालनै पार्टीले समर्थनबारे पुनस्विचार गर्न निर्देश गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ