Comments Add Comment

साहित्यकार, संगीतकार एवम् गायक गणेश रसिकको निधन

काठमाण्डौं। वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। पारिवारीक स्रोतका अनुसार उपचारका क्रममा आज हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो।

७८ वर्षीय  उनी प्रोस्टेट क्यान्सरको बिरामी थिए। रसिककी छोरी बेलायतमा रहेकाले उनी  नेपाल फर्किएपछि मात्रै रसिकको अन्तिम संस्कार गरिने भएको छ। रसिकले गीतसंगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमा योगदान दिएका छन्।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

लेखक रसिकका कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका कृति प्रकाशित छन्। उनले दर्जनौं गीत सृजना मात्र गरेका छैनन्, तिनमा संगीतसम्म भरेका छन् । उनका दर्जनौं गीत नेपाली जनसमुदायबीच लोकप्रिय छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ