काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार छैटौं अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अध्यक्ष निर्वाचित काफ्ले हेल्थ आवाज डटकमकी कार्यकारी सम्पादक हुन्।मञ्चको वरिष्ठ उपाध्यक्षमा बुद्धि कट्टेल निर्वाचित भएका छन् ।
दुई उपाध्यक्षका लागि भएको निर्वाचनमा एकमा महेश तिमल्सिना निर्वाचित भए भने अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको भएको छ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा ज्योति अधिकारी र कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भइन्।
सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाई, सुरेश खनाल, बिना न्यौपाने, सन्तोष निरा राई र भोलाअधिकारी निर्वाचित भए । कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था छ ।
