Comments Add Comment

बिहीबार ३५००ले घटेको सुनको भाउ बढ्यो आज

काठमाण्डौं। हिजो तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ। सुनको मूल्य आज प्रतितोला तीन हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँचसय रुपैयाँ घटेर एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ