Comments Add Comment

“भ्रष्ट व्यवस्था फालेर जनगणतन्त्र ल्याउन अर्को क्रान्ति आवश्यक”

काठमाण्डौ । अहिलेको राज्यव्यवस्थामा दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र बँचेखुचेको सामन्तवर्गको एकाधिकार रहेको चर्चा गर्दै कथित लोकतान्त्रिक गणतन्त्र जनताको व्यवस्था नभएको पुष्टि १७ वर्षको अभ्यासबाट स्पष्ट भैसकेको सीपी गजुरेलले बताउए। गजुरेलले अढाईसय वर्ष लामो सामन्ती निरंकुश राजतन्त्र जनताको लागि कालरात्री भएको, बर्बर मध्ययुगीन शासन भएको भन्दै नेपाली जनताले बर्षौदेखि भोग्दै आएको समस्याको समाधान सामन्ती राजतन्त्र र लोकतान्त्रि गणतन्त्र० व्यवस्थाले गर्न नसक्ने भएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनगणतन्त्र’को नारा अगाडि सारेको स्पष्ट पारे ।

जनताले साथ दिन्छन् र अबको क्रान्ति सान्दाार रुपमा सफल हुने र क्रान्तिबाट स्थापित जनगणतन्त्र नै वास्तविक श्रमजीवी शोषित उत्पीडित जनताको गणतन्त्र हुने कुरा पनि औल्याउ्रँदै नेता गौरवले देशमा उत्पन्न राजनीतिक संकटमोचनका निम्ति छरिएर रहेका क्रान्तिकारी शक्तिहरु एक भएर अग्रगामी तथा क्रान्तिकारी विकल्पमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनले भने, “अहिले देशमा युवाहरु छैनन्, सबै विदेशिएका छन् । देश वृद्धाश्रममा परिणत हुने स्थिति भयो भनेर उपहास गर्न थालेका छन् । वैदेशिक रोजगारीमा नजाने हो भने भोकभोकै बस्नुपर्ने स्थितिमा देशलाई पु¥याइएको छ । महिनैपिच्छे युवाहरुको संख्या देशमा घटिरहेको छ । अहिलेको सरकारले जनताको समस्या हल गर्न सकेन । पहिले एउटा राजा थियो, अहिले सयौ राजा भए ।”

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले अगाडि भने, “अहिले जनता समेत दिग्भ्रमित भएका छन् । लोकतान्त्रिक गणतन्त्रले पनि समस्याको हल गरेन । राजतन्त्रले समस्याको समाधान गरेन भनेर नै राजतन्त्रलाई हटाएर लोकतान्त्रिक गणतन्त्र ल्याएको हो । अब यी दुवैले जनताको समस्याको समाधान गर्न नसक्ने स्पष्ट भइसकेको छ ।”उनले भने  “अब यी दुवै व्यवस्थाको विकल्पको खोजी जनताले गरेका छन् । हामीले त्यो उपयुक्त विकल्प अगाडि सारेका छौं । त्यो विकल्प भनेको जनगणतन्त्र हो । अहिले हामीले जनसम्बन्ध अभियानमार्फत् देशैभर जनगणतन्त्रको बहसलाई उठाइरहेका छौं । जनताको घर घरमा पु¥याइरहेका छौं ।”

उनले संसदवादी पार्टीहरुले अहिलेको संविधानलाई समाजवादउन्मुख भनेर जनतालाई दिउसै रातपारिरहेको टिप्पणी गर्दै अहिलेको जस्तो भ्रष्ट व्यवस्थाको संविधानलाई समाजवादउन्मुख भनेर समाजवाद पनि भ्रष्ट व्यवस्था रहेछ भन्ने जनतामा पर्न गएको बताए । अहिले संसदवादीहरुले भन्ने गरेको व्यवस्था समाजवादी नभएको उनको दाबी थियो ।

जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाण्डौमा क्रान्तिकारी कम्युनष्ट पार्टी नेपालको आयोजनामा भएको जनसभाम बोल्दै नेता गजुरेलले अहिलेको जस्तो भ्रष्टाचार देशमा कहिल्यै नभएको भन्दै अब यो भ्रष्ट व्यवस्था फालेर जनताको गणतन्त्र ल्याउनुपर्ने र त्यसका लागि फेरि अर्को क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ