Comments Add Comment

चट्याङ लागेर कृष्णबहादुर घाइते, कान्छा गोलेको निधन

काठमाण्डौं। वर्षासँगै बिहिबार चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्युु भएको छ भने एकजना घाइते भएका छन्। 

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। आफ्नै घर बाहिर खाटमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। 

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन्। आफ्नै घरमा बसिरहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन्।

उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ