काठमाण्डौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि मन्त्री पौडेलले जवाफ दिने कार्यसूचिमा छ ।
