Comments Add Comment

कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ आज पनि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा बिहिबार पनि सुनुवाइ रहेको छ । सर्वोच्च अदालतमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको संयुक्त सुनुवाइ आज बिहिबार पनि हुने भएको हो । हेर्दाहेर्दैमा राखिएको रिटको सुनुवाई बिहिबार पनि जारी रहने भएको हो । 

मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी बहस बुधबार पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

घिसिङले आफ्नो पदावधि बाँकी रहँदै सरकारले पदबाट हटाएको जिकिर गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् भने नवनिय्क्त हितेन्द्रदेव
शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई गरिएको नियुक्ति नै गलत भएको दाबी गरेका छन् । उनले आफूले उक्त नियुक्तिविरुद्ध दायर गरेको रिटमा पहिले सुनुवाइ नभइ घिसिङको रिट अघि नबढाउन माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ