Comments Add Comment

कस्तो छ रुपा श्रेष्ठको पहिलो कविता सृजना ?

चरीको प्रश्न 
________

अहो ! कस्ले पासो थापेछ मलाई ?
अलिकति चारोको लोभमा, परें जालमा म
खोजिरहेथें दानापानी
भोकाईरहेका बचेराका लागि 
आफ्नै लोभको फन्दामा परें म ।

मेरा बचेराहरूलाई कस्ले हुर्काउँछ अब ?

सानो रुखको सानो हाँगामा 
मेरो सानो गुँड छ
चिँचिँ चिँचिँ गरेर कुरिरहेका होलान्
मेरा साना बचेराहरू
आफ्ना साना चुच्चा आँ आँ गरेर बोलाईरहेका होलान्
मेरा साना बचेराहरू
कस्तो संकटमा पार्‍यौ, भगवान ?

मलाई जालमा पार्नेलाई 
कसरी गरौं सम्मान, भगवान ?
अब मेरा बचेराहरू सुकेर हुनेभए 'हड्डी' 
अब जालै जालबाट
कसरी मिल्छ मलाई उन्मुक्ति, भगवान ?
म माफ गर्ने छैन तिमीलाई कत्ति !
_______________________________________

२०७७ बैशाख, २२ गते , रोज ३ शुभम्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ