Comments Add Comment

एमएसआर बहुउद्देश्यीय सहकारीमा अध्यक्षको मनोमानी, १० करोड डुब्ने खतरा

काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउद्देश्यिय सहकारी संस्थाले विगत २ बर्षदेखि निक्षेप फिर्ता गरेको छैन । सहकारीमा संकट गहिरिँदै जाँदा सञ्चालकहरुले अध्यक्ष समक्ष राजिनामा बुझाएका छन् । संस्थाका सिइओ तथा अन्य कर्मचारी पनि कार्यालय आउन छाडेका छन् । 'संस्थाका अध्यक्ष स्वयम्भुराम जोशीको निरन्तरको मनोमानीले संस्था डुबेको हो' स्रोतले भन्यो । हाल संस्थासँग अलिकति पनि तरलता नभएको र बचतकर्ताहरुको बचत फिर्तागर्नुपर्ने रकम करिव १० करोड हाराहारी रहेको छ । सो रकम संस्थाको चलअचल सम्पत्ति विक्रि नगरी तिर्नै सक्ने अवस्था छैन । ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेल लगायतमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको सो सहकारीको केन्द्रिय कार्यालय ढोलाहिटीमा दिनहुँ जसो बचत फिर्ताको लागि सदस्यहरु आउने गरे पनि वचत रकम फिर्ता पाउन सकेका छैनन् । धाउदाधाउँदा अब त धाउनै छोडेको उनीहरूले गुनासो गर्न थालेका छन् । त्यसरी आउनेहरुलाई ब्यवस्थापनले आश्वासन दिँदै फिर्ता पठाउने गरेको सदस्यहरुको गुनासो छ । जनताको १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी रहेका छन् । उनै जोशी लामो समय वित्तिय क्षेत्रमा अनुभव भएक आ व्यक्ती हुन् । कुनै समय सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम जोशी अनियमितता तथा बैंकिङ कसुरमा परि राष्ट बैंकले कार्वाही समेत गरेका ब्यक्ति हुन् । आफू अध्यक्ष र श्रीमती शुभलाभ जोशी प्रमुख कार्यकारी अधिकृत भएर संचालन गरेको सहकारी डुब्ने अवस्थामा पुगे पश्चात श्रीमतीलाई अलग गरेको बताईन्छ । ४ हजार बचतकर्ताको बचत डुब्ने खतरा बढी रहँदा सम्बन्धीत निकायले त्यसतर्फ ध्याआकृष्ट गर्नुपर्नेमा बेवास्ता गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ