काठमाण्डौं। अर्वपति एवं सांसद विनोद चौधरी र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता भएको छ। सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ पिएए-२०२५ को अवसरमा मंगलबार दुई अर्बपतिबीच भेट भएको हो।
भेटका क्रममा दुवै बीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीबारे छलफल भएको छ। भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।
उनले नेपालको सामाजिक क्षेत्रमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौंदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरे। चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
