बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले सांसद पदबाट राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले मंगलबार राजीनामा दिएकी हुन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए ।
