Comments Add Comment

खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाण्डौं। ट्रक पल्टिएर अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक झन्डै तीन घण्टा लगाएर हटाईएपछी अवरुद्ध सडक खुलेको हो।

क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाईएको र सडक एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।

मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक बिहान सडकमै पल्टिँदा गाडी रोकिएका थिए। सडक खुलेसँगै रोकिएका गाडी र यात्रु अहिले गन्तब्यतर्फ लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ