Comments Add Comment

साइपलबाट बाहिरियो कक्षा १२ को प्रश्नपत्र, केन्द्राध्यक्ष/सहकेन्द्राध्यक्ष पक्राउ !

काठमाण्डौ । कक्षा १२को होटल म्यानेजमेन्ट र बिजनेश स्टडिजको प्रश्नपत्र बिहिबार आउट भएको छ । काठमाण्डौ महानगरपालिका वडा नं ४ स्थित सैपाल एकेडेमीबाट प्रश्नपत्र आउट भएको पुष्टि हुने गरि केही तथ्यहरू भेटिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको मर्यादाविपरित कार्य गरेकाले सैपाल एकेडेमीका केन्द्राध्यक्ष गणेश जोशी र सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडालाई निष्कासन गरी भोलिदेखिको परीक्षा सञ्चालन गर्न नयाँ केन्द्राध्यक्ष तोकिएको बताए ।

 एक सूचना सार्वजनिक गर्दै बोर्डले परीक्षा रद्द गरेको जनाएको हो । 'परीक्षाको प्रश्नपत्र आउट भएको अनुसन्धानले पुष्टी भएमा शिक्षा ऐन अनुसार कारर्बाही हुन्छ' शर्माले जनाए । ' मर्यादा विपरित गतिविधिको आशंकामा बिहिबार मात्रै शैपाल एकेडेमीका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष गणेश जोशी र सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ' राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । शैपाल एकेडेमीबाट नै प्रश्नपत्र आउट भएको पुष्टी हुने गरी विद्यार्थीको इन्स्ट्राग्रामको म्यासेन्जर ग्रुपबाट जानकारी मिलेको छ । मोर्गान माविका राज मोक्तान नामका विद्यार्थीले अध्ययनका लागि सहजताका लागि बनाइएको इन्स्टाग्राम् समूहमा २५ गते बिहन ७ं:३३मा काठमाण्डौको ट्रिनिटि कलेजमा कक्षा १२मा नै अध्ययन गर्न सुजल श्रेष्ठले प्रश्नपत्र आफूलाई पठाएको जनाए । सुजलले रोहन श्रेष्ठले पठाएको र आफूले त्यो समूहमा भएका साथीहरूले लाभ लिउन् भनेर पठाएको समेत बताए । तर आफूलाई प्रश्नप्रत्र पठाउने रोहनसँग भौतिक रुपमा भेट नभएको, केवल इन्स्ट्राग्राममा चिनजान भएको दाबी गरेका छन् । राज मोक्तान एडमिन रहेको सो समूहमा आर्यन बज्राचार्य, रोनिश कार्की, शसिराम श्रेष्ठ, समिर घिसिङ, सम्पदा कार्की र विशाल मगर सदस्य रहेका छन् । पहिलो पटक प्रश्नपत्र आउट गर्ने रोहन को हुन् ? रोहनलाई कस्ले पठायो ? अथवा रोहनभन्दा अघि कसैले प्रश्नपत्र आउट गरेको थियो ? अनुसन्धान आवश्यक देखिएको छ । कक्षा १२को प्रश्नपत्र आउट नहोस् भनेर परीक्षाको आधाघण्टा अगाडि मात्र केन्द्राध्यक्षको इमेलमा एउटा कोड आउँछ, प्रहरीको रोहवरमा विद्यालयमा प्रश्नपत्र प्रिन्ट गरेर दिने व्यवस्था छ । ट्रिनििटिमा अध्यन गर्न सुजलले प्रश्नपत्र राज तामाङलाई फरवार्ड गरेपनि तामाङ परीक्षालगत्तै परीक्षाकेन्द्र नजिकै सोह्रखुट्टे प्रहरी वृत्तमा उनले निवेदन दिएका छन् । उनले प्रश्नपत्र आउटको निवेदन दिएपछि यो कुरा बाहिर आएको हो । यस्तो छ राज तामाङले प्रहरीमा दिएको निवेदन : श्रीमान् कार्यालय प्रमुखज्यू महानगरीय प्रहरी वृत्त लैनचौर काठमाडौ विषय आवश्यक अनसन्धान गरी पाउँ महोदय, उपरोक्त सम्बन्धमा यो निवेदन गरिन्छ की राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२को परीक्षा यहि २०८२ बैसाख २१बाट सुरु भएको परीक्षामा म निवेदक राज तामाङ मोर्गन कलेजबाट कक्षा १२को परीक्षा दिनलाई परीक्षाकेन्द्र भएको मनाशलु पब्लिक कलेज नयाँबजार सोह्रखुट्टेमा गएको थिएँ । प्रश्नपत्र मेरो साथीहरु छलफल गर्नलाई बनाइएको हाइ नामक अध्ययन समूहमा सुजल श्रेष्ठले टिनटि पढ्ने सुजल श्रेष्ठले आजको होटल म्यानेजमेन्ट र बिजनेश म्याथमेटिक्सको प्रश्नपत्र फरवार्ड गरेपछि परीषा पश्चात् महानगरीय प्रहरीवृत्त नयाँबजार सोह्रखुटे उजुरी गर्न गएँ । मैले परीक्षा दिनुपर्ने भएकाले मेरो मोबाइल अफ गरी झोलामा राखिएको थियो । यो प्रश्नपत्रको पृष्ठभूमिका फोटो खिच्दा साइपाल एकेडेमीको छापप्रष्ट देखिन्छ । साइपालका प्रधानाध्यापक गणेश जोशीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । परीक्षाजस्तो संवेदनशील विषयमा परीक्षा अगाडी बाहिर पठाउँने पेपरमा संलग्न व्यक्तीलाई आवश्यक कार्बाही गरी पाउँ । मैले अनुसन्धानमा सघाउने गरी मेरो मोबाइल यही निवेदनसाथ पेश गरेको छु । निवेदक राज तामाङ त्यस्तै गरी काठमाडौकै एम्बिसन एकेडेमीमा परीक्षाकेन्द्र भएका दुई जना विद्यार्थीले मोबाइल साथमा राखेर मोबाइलमा अन्यत्रबाट आएको उत्तर सार्दा भेटाएको र यसबारे अनुसन्धान हुँदै गरेको शिक्षाविकास तथा समन्वय एकाईका प्रमुख समन्तमणि आचार्यले जनाए । 'परीक्षाको मर्यादा उलंघन गर्नैलाई हदैसम्मको कार्बाही हुनुपर्छ ।'-उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ