काठमाण्डौं। उपेन्द्र यादव नेतृत्को जनता समाजवादी पार्टी (जसपा) नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
दाङको गढवास्थित ग्रयान्ड होटलमा मङ्गलबार आयोजित अधिवेशनबाट भरतलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित भएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ । समितिको उपाध्यक्षमा उषा यादव, राधा चौधरी सचिवमा सिताराम यादव उपसचिवमा देवीप्रसाद चौधरी, साधना यादव र कोषाध्यक्षमा पुनिसरा रोका मगर निर्वाचित भएका छन्।
जिल्ला समितिको सदस्यहरुमा केसराम यादव, बालदेव चौधरी, नजिर अहमद, इब्रहिम सिद्धिकी, रामकुमार यादवलगायत रहेको बताइएको छ ।
